
दुर्घटनामा परि चर्चित रेडियोकर्मी महाविर विश्वकर्माको निधन भएको छ ।
चितवनको हर्दी चोकमा ट्रकसँग माइक्रो बस ठक्कर खादा चर्चित रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता ३५ वर्षीय महावीर विश्वकर्माको निधन भएको हो ।
मृतक विश्वकर्मा पत्रकार महासंघ चितवन शाखाका पूर्व सदस्य एवम् प्रेस चौतारी नेपाल चितवनका पूर्व कार्यसमिति सदस्य पनि थिए ।