२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेशनल लाईफ ईन्स्योरेन्सको १५ प्रतिशत बोनस सुरक्षीत गर्ने आज अन्तिम दिन

नेशनल लाईफ ईन्स्योरेन्सको १५ प्रतिशत बोनस सुरक्षीत गर्ने आज अन्तिम दिन

नेशनल लाइफ इन्स्योरन्स कम्पनीको लाभांश तथा साधारण सभा प्रयोजनका लागि भोलि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । त्यसकारण आज मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले मंसिर १८ गते ३४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १८ गते विहान साढे १० बजे केन्द्रिय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ ।

यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय कायम गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले ३५ करोड ९५ लाख रुपैयाँ आवस्यक पर्नेछ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० वर्षमा आफ्ना शेयरधनीलाई कुल २६७ दशमलव ७१९ प्रतिशत लाभांश विततरण गरेको छ । कम्पनीको यो १० वर्षको लाभांश इतिहासलाई हेर्दा नगद लाभांशलाईभन्दा पनि बोनश शेयरलाई प्राथमिकता दिएको देखिन्छ । कम्पनीले १० वर्षको अन्तरालमा कुल २२५ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने कुल ४२ दशमलव ७१९ प्रतिशत मात्रै नगद लाभांश वितरण गरेको छ ।

यस्तो छ १० वर्षको लाभांश इतिहास
त्यसैगरी कम्पनीले आर्थिाक वर्ष २०७६/ ७७ को लागि आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिएको थियो । जसमा १९ प्रतिशत बोनश शेयर रहेको थियो भने १ प्रतिशत मात्रै कर प्रयोजनका लागि नगद लाभांश रहेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनश शेयर रहेको थियो भने ० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४ /७५ को लागि कुल १४ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २ दशमलव ५ प्रतिशत बोनश शेयर दिएको थियो भने १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३ /७४ को लागि कम्पनीले कुल १३ दशमलव ५ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७२ /७३ को लागि २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७१ ७२ को लागि ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले आर्थिक ववर्ष २०७० /७१ को लागि ३० प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिएको थियो । त्यसैगरी कम्पनीले २०६९/ ७० को लागि ५५ प्रतिशत बोनश र १७ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीले आर्थिक वर्ष २०६८ /६९ को लागि २५ प्रतिशत बोनश शेयर मात्रै दिएको थियो ।

कम्पनीले वितरण गरेको यो १० वर्षको लाभांश इतिहासलाई हेर्दा राम्रो लाभांश वितरण गरेको देखिएको छ । कम्पनीले १० वर्षको अन्तरालमा सबैभन्दा धेरै २०६९/ ७० मा लगानीकर्ताले पाएका थिए । त्यस वर्षमा कम्पनीका लगानीकर्ताहरुले कुल ७२ दशमलव ५ प्रतिशत लाभांश पाएका थिए । -Insurance Khabar

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।