
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका मा एक वृद्ध भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय टेक बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
शुक्रबार विहान वडा कार्यालय जान्छु भन्दै घरबाट निस्किएका थापा गयराती वडा नम्बर २ कै झ्यापुङ खोला नजिकै भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएका हुन् ।
भिर भएको ठाउँको बाटोबाट करिब तीन सय मिटर तल थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभएको छ । थापाको शव अहिले पोस्टमार्टमको लागि धादिङ अस्पताल ल्याइएको छ ।