धादिङ उद्योग वाणिज्य संघले पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव हुने भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको हो ।
कोरोना महामारीपछि धादिङमा महोत्सव आयोजना गरिएको यो पहिलो पटक हो । ‘जिल्लाको सास्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले बताउनुभयो। धादिङको उत्तरी क्षेत्रमा पाइने रुवीदेखि दक्षिणी धादिङमा पाइने गिट्ठा, तरकारी तथा फलफुललाई विशेष प्राथमिकता दिइनेछ । धादिङवेशींमा पत्रकार सम्मेलन मार्फत सो विषयमा जानकारी गराएको हो ।
पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउनेछ अध्यक्ष विष्णु प्रसाद थपलियाले बताउनुभयो। स्थानीय स्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी, खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री, जिल्ला भित्र पाइने जडिवुटीको प्रदर्शनी तथा विक्री वितरणलाई प्राथमिकता दिइने संघका महासचिव तिलक सिंखडाले बताउनुभयो। ‘आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री–सूचना प्रविधी सम्बन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शन तथा विक्री, हेलिकोप्टरबाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिनेछ’, उहाँले भन्नुभयो।
महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिव्रता दिएको छ । महोत्सवमा १० करोडको कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार महोत्सवमा एक सय २० वटा विभिन्न स्टलहरु रहेछन् । महोत्सव जिल्ला सदरमुकामस्थित खुल्ला मञ्चमा हुनेछ ।











