
तस्विर : हरि घिमिरेको फेसबुकबाट
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ कटुञ्जे बजारमा पाविल साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
६२ लाख ९४ हजार शेयर पूँजी रहेको संस्थाले १९ लाख नाफा कमाउन सफल भएको संस्थाका प्रवन्धक दुर्गामान श्रेष्ठले जानकारी दिनुभयो । ११ सय ७ जना शेयर सदस्य रहेको संथाको ६ करोड ९४ लाखको कारोबार रहेको छ भने ५ करोड ४४ लाख निक्षप तथा ६ करोड ३४ लाख लगानी रहेको छ ।

आज शनिबार एक कार्यक्रमका विच सम्पन्न भएको साधारण सभामा गाउँपालिकाका उपाध्यक्ष सितामाया चोथेनको प्रमुख आतिथ्य रहेको थियो ।