
मंसिर १७,धादिङ – “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आउँदो पुष ७ गतेदेखि १७ गतेसम्म सदरमुकाम धादिङबेसी स्थित खुल्ला मञ्चमा आठौँ धादिङ महोत्सव हुँदैछ ।
शुक्रबार सदरमुकाम धादिङबेसीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष विष्णु प्रसाद थपलियाले महोत्सवबाट प्राप्त आम्दानीबाट उद्योग वाणिज्य संघ धादिङको कार्यालयमा आधुनिक र सुविधा सम्पन्न सभाहल निर्माण गर्ने जानकारी दिनुभएको छ ।
जिल्ला सदरमुकाममा राम्रो र व्यवस्थीत सभाहलाको आवश्यकता रहेको हुँदा हामीले सभाहलको निर्माण गर्ने योजना बनाएको जानकारी दिनुभायो । साथै महोत्सव सम्पन्न भएको १ महिनाभीत्र सम्पूर्ण आम्दानी र खर्चको विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जानाएको छ । यस अघि भएका विभिन्न महोत्सवहरुको आम्दानी तथा खर्चहरु सार्वजनिक नगरिएको र प्रतिवद्धता जनाएका सामाजिक कार्यहरु पुरा नगरेकोमा आयोजक संस्थाहरु प्रति जनगुनासोहरु आएको थियो ।
आयोजक संस्थाका अध्यक्ष विष्णु प्रसाद थपलियाका अनुसार यो महोत्सवमा ३ लाख भन्दा बढि दर्शहकहरुले महोत्सवको अवलोकन गर्ने र त्यसबाट करिब १० करोड भन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको जानकारी दिएको छ । महोत्सव अवलोकनको लागि छिमेकी जिल्लाहरु चितवन, गोरखा, तनहुँ, नुवाकोट, रसुवा र काठमाडौं उपत्यकाबाट समेत मानिसहरु आउनेछन् ।
महोत्सवमा विशेष गरि जिल्लाको सास्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ धादिङले जनाएको छ । धादिङको उत्तरी क्षेत्रमा पाईने रुवीदेखि दक्षिणी धादिङमा पाइने गिट्ठा,भ्याक्कुर, तरकारी तथा फलफुललाई विशेष प्राथामीकता दिइनेछ ।
साथै महोत्सवमा पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउने उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष विष्णु प्रसाद थपलियाले बताएका छन् । स्थानीय स्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जिल्लाभीत्र पाईने जडिवुटीको प्रदर्शनी तथा विक्री वितरणलाई प्राथमिकता दिईने संघका महासचिव तिलक सिंखडाले बताउनुभयो ।
आदिवासी जनजातिहरुको भेषभूषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा बिक्री–सूचना प्रविधी सम्बन्धी जानकारी, अटोमोवाईल्सको प्रदर्शन तथा विक्री, हेलिकप्टरबाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिने पनि आयोजकले जनाएको छ ।
महोत्सवलाई सफल बनाउनका लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिव्रता दिएको छ । आयोजकका अनुसार महोत्सवमा १ सय २० वटा विभिन्न स्टलहरु रहनेछन् ।
२०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघले २०६४ सालमा प्रथम धादिङ महोत्सव, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०६८, राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७०, मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१, पाँचौ धादिङ महोत्सव २०७३, धादिङ कृषि पर्यटन, तथा औद्योगिक मेला २०७५, सातौं धादिङ महोत्सव २०७६ भव्य रुपमा सम्पन्न गरिसकेको छ ।
महोत्सवका मुख्य आकर्षणहरु
- जिल्लाको स्थानीयतहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
- कृषि प्रदर्शनी
- सानातथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
- विविध साँस्कृतिक प्रदर्शनी
- पर्यटन प्रवर्धन सम्वन्धी विविध कार्यक्रमहरु
- स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
- हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
- राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
- खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री
- जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
- आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
- इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री-सूचना प्रविधी सम्बन्धी जानकारी
- अटोमोवाईल्सको प्रदर्शनी तथा विक्रीवितरण
- रमाईलो मेलावाल/उद्यान
- हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन रहेको छ ।
महोत्सवका उद्येश्यहरु
- प्रदर्शनी बाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने
- स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवर्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने
- घरेलु उद्योगको प्रवर्धनमा टेवा पुर्याउने ।
- घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
- निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवर्धनमा सहयोग पुर्याउने ।
- यस जिल्ला तथा आसपासका अन्यपर्यटकिय स्थलहरुको विकास र विस्तारमा टेवा पुर्याउने
- स्थानीयबजारको विकास विस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
- उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने ।
- कृषि पेशालाई व्यवसायिक रुपमा विकास गराउन सहयोग गर्ने ।
- आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
- लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
- बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
- लगानीका अवसरहरुको सृजना गर्ने