धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमानिकै नै मिठो र रसिलो सुन्तलाउत्पादनहुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइफललाग्नथालेदेखि नै ब्यापारीहरुले ठेक्कामालिएका हुन्छन् । त्यहाँका स्थानीयको आय आर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइआठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने भएको छ ।

धादिङ महोत्सवमुलआयोजक समिति र बेनिघाट रोराङ गाउँपालिकाकाअध्यक्षकृष्ण बहादुर थपलियाविवेकवीचको छलफलमा जवाङको सुन्तलालाई महोत्सवमा राख्ने निर्णय भएको धादिङ उद्योग बाणिज्य संघका महासचिवएवं महोत्सवप्रचार समितिका संयोजकतिलक सिंखडाले जानकारी दिनुभयो ।

राजमार्ग क्षेत्रकाबजारहरुमापोका पोका बनाएर सुन्तलाविक्रीवितरण भइरहेको देखेको छ, तर कहाँको हो? कसरी उत्पादनभइरहेको छ, ब्यवसायिकखेतीगर्दा के के समस्या आउछन् भन्ने जानकारी दिनको लागिसुन्तलाको विक्री संगै सुन्तला खेतीको ब्यवसायिक ज्ञान बाड्न हिसावले जवाङ गाउँको सुन्तलालाई महोत्सवमा ल्याउन लागिएको सिंखडाले जानकारी दिनुभयो ।

बेनिघाट रोराङ गाउँपालिकाको प्रतिनिधित्वगर्दै चेपाङ सस्कृति र रहनसहनझल्कने झाँकीपनिप्रदर्शन गरिने गाउँपालिका अध्यक्ष थपलियाले छलफलका क्रममा जानकारी दिनुभयो । गाउँपालिकामा बहुसंख्यक चेपाङ समुदायको बसोबास रहेकाले उनीहरुको रहनसहन र सँस्कृतिको प्रचार गर्नको लागि महोत्सवमा चेपाङ झाँकी पठाइने गाउँपालिकाअध्यक्ष थपलियाले जानकारी दिनुभयो ।

आगामी पुष ७ गतेदेखि १७ गतेसम्म धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सवको हुँदैछ । महोत्सवका सफल बनाउनको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर कामहरु तीव्र रुपमा अघि बढाइएको आयोजकधादिङ उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष एवं महोत्सवमुल आयोजक समितिका संयोजक विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो ।

Facebook Comments