२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दर्ता विनै सञ्चालनमा रहेका पृथ्वी राजमार्गका होटलमा अखाद्य बस्तु विक्रि

दर्ता विनै सञ्चालनमा रहेका पृथ्वी राजमार्गका होटलमा अखाद्य बस्तु विक्रि

धादिङको पृथ्वी राजमार्गमा सञ्चालित होटलहरुले अखाद्य बस्तु विक्री गरेको पाइएको छ । जिल्ला अनुगमन टोलीले अखाद्य बस्तु विक्री गर्ने राजमार्गका होटलहरुलाई नगद जरिवाना सहित कार्वाही गरेको हो । धादिङको पृथ्वी राजगर्मा र त्रिभुवन राजपथ स्थित सञ्चालिन होटलहरुले अखाद्य बस्तु महंगो शुल्क लिएर विक्रि वितरण गर्ने गरेका छन् ।

कतिपय होटलहरु त दर्ता नै नगरी सञ्चालन गरिएको पाइएको छ । अनुगमन गर्ने क्रममा होटलहरुमा म्याद नाघेका खानेकुराहरु विक्रि गरिरहेको, होटलमा फोहोर भएको, भान्सा सफा नभएको, गुणस्तरहिन पेय तथा खाद्य पदार्थ तथा अखाद्य बस्तु विक्री गरिरहेका होटलहरुलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताउनुभयो ।

राजमार्गका होटलहरुमा अखाद्य बस्तुलाई महंगोमा विक्रि गरेको जनगुनासो आएपछि अनुगमन थालिएको हो । थापा भन्नुहुन्छ,– पृथ्वी राजमार्गस्थित भल्टार क्षेत्रमा शनिवार अनुगमन ग¥यौं । विगतका दिनहरुमा पनि राजगर्माका होटलहरुमा अखाद्य बस्तु विक्री गरेको भेटिएपछि यस्तो नगरिदिन होटल संचालकहरुलाई सुझाव तथा निर्देशन दिएका थियौं ।

त्यसपछि चेतावनी दिदा समेत नसुध्रिएपछि अनुगमन कार्यलाई तिव्र बनाएका छौं । अनुगमनका क्रममा अखाद्य बस्तु विक्रि वितरण गर्ने केहि होटलहरुलाई नगद जरिवाना गर्दै अखाद्य बस्तु नष्ट गरेका हौं । यो अनुगमन तथा कार्वाही निरन्तर चलिरहन्छ, उहाँले भन्नुभयो ।

शनिवार गरिएको अनुगमनमा जुनतारा रेष्टुरेन्ट एण्ड लज र होटल लुम्बिनीलाई १५ हजार र जाल्पा रिसोर्ट एण्ड स्टाफ भोजनालयलाई २० हजार जरिवाना गरिएको थापाले बताउनुभयो । दर्ता विना नै सञ्चालनमा आइरहेको जाल्पा रिसोर्ट एण्ड स्टाफ भोजनालयलाई एक महिना भित्रमा दर्ता गर्न निर्देशन पनि गरिएको बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।