अनलाईन मोवाईल गेम ‘फ्रिफायर’ खेल्नको लागि मोवाईल चोरी गरी वृद्ध दम्पतीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । गत मंसिर २६ गते धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ३ मूलपानीको वृद्ध दम्पत्तीको हत्या गरी फरार रहेका दुइ बालकलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा हत्या गरेका वालकहरुले यस्तो बताएका हुन् ।

मुलपानीको आहालेगाउँका ७४ वर्षिय विष्णु बहादुर आलेमगर र ६७ वर्षिय निरमाया आलेमगरको हत्या गर्ने स्थानीय दुइ जना बालकहरुलाई सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरिक्षक राकेश सिंहले यस्तो बताउनुभएको हो । प्रहरीले पक्राउ गरेका स्थानीय दुइ बालकहरु १५ वर्षिय र १३ वर्षिय रहेका छन् । उनीहरुले वृद्ध दम्पत्तीको हत्या गरी मोबाइल चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले बताउनुभयो ।



ति बालकहरुमा ‘फ्रिफायर’ गेमको लत र त्यो गेम खेल्ने मोवाईलको मोह र कुलतमा फसेकाका कारणले यो अप्रिय घटना घटेको प्रहरीले निस्कर्ष निकालेको छ । जाँड रक्सी खाने गाउँमा अरुलाई धम्काउने क्रियाकलाप गर्दै आएको र फ्रिफायर गेम खेल्ने ति बालकहरुले गेम खेल्न मोबाइलकै लागि वृद्ध दम्पत्तीको हत्या गरेको खुलेको हा प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

वृद्ध दम्पत्तिको मंसिर २६ गते सोमबार विहान घरमै शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीको टोलीसहित केन्द्रिय अनुसन्धान व्यूरोको ३० जनाको टोलीले अनुसन्धान थालेको थियो । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीले स्थानीय दुई बालकलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान पछि हत्या गरेको पुष्टि भएको एसपी सिंहले बताउनुभयो ।

वृद्ध दम्पत्तीलाई बन्चरो प्रयोग गरी हत्या गरेको अनुसन्धानबाट खुलेको हो । चोरी गरेको मोबाइल र घटनामा प्रयोग गरेको बन्चरो प्रहरीले बरामत गरेको छ ।

भिडियो हेर्नुहोस् :

Facebook Comments