२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

३६ वर्षपछि मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जित्यो विश्वकप फुटबलको उपाधि

३६ वर्षपछि मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जित्यो विश्वकप फुटबलको उपाधि
LUSAIL CITY, QATAR - DECEMBER 18: Lionel Messi of Argentina lifts the FIFA World Cup Qatar 2022 Winner's Trophy after the FIFA World Cup Qatar 2022 Final match between Argentina and France at Lusail Stadium on December 18, 2022 in Lusail City, Qatar. (Photo by Shaun Botterill - FIFA/FIFA via Getty Images)

३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा गएराति सकिएको २२ औँ विश्वकप फुटबलको उपाधि जितेको हो ।

लुसैल रङ्गशालामा भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेलमा ३–३ को बराबरी भयो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सो क्रममा फ्रान्सका दुई खेलाडीले गोल गर्न सकेनन् भने अर्जेन्टिनाका चारै जना खेलाडीले गोल गरे । अर्जेन्टिनाले यसअघि सन् १९७८ मा नेदरल्यान्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।