सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ सल्यानटारमा साधारण सभा सम्पन्न गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार, आरुघाट लगायतका क्षेत्रहरुलाई कार्यक्षेत्र बनाएर स्थापना भएको सहकारीमा ३ सय ६८ जना शेयर सदस्य रहेको छन् । कार्यक्रममा गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालय तहका असल जेहेन्दार र मेहनती विद्यार्थीलाई रु ५ हजारका दरले प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको थियो ।

संस्थामा महत्वपूर्ण योगदान गरे बापत संस्थाका कर्जा प्रमुख सुदिप बसौलालाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला सहकारी सघ धादिङ सञ्चालक समिति सदस्य गोपाल गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, निवर्तमान अध्यक्ष शम्भु थापा, वडा अध्यक्षहरु, बैक तथा बित्तीय संस्थाका प्रतिनिधि, शिक्षक तथा शेयर सदस्यहरुको उपस्थिति रहेको सहकारीका व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

Facebook Comments