२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सल्यान्टार बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सल्यान्टार बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

सल्यानटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ सल्यानटारमा साधारण सभा सम्पन्न गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार, आरुघाट लगायतका क्षेत्रहरुलाई कार्यक्षेत्र बनाएर स्थापना भएको सहकारीमा ३ सय ६८ जना शेयर सदस्य रहेको छन् । कार्यक्रममा गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालय तहका असल जेहेन्दार र मेहनती विद्यार्थीलाई रु ५ हजारका दरले प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको थियो ।

संस्थामा महत्वपूर्ण योगदान गरे बापत संस्थाका कर्जा प्रमुख सुदिप बसौलालाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जिल्ला सहकारी सघ धादिङ सञ्चालक समिति सदस्य गोपाल गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, निवर्तमान अध्यक्ष शम्भु थापा, वडा अध्यक्षहरु, बैक तथा बित्तीय संस्थाका प्रतिनिधि, शिक्षक तथा शेयर सदस्यहरुको उपस्थिति रहेको सहकारीका व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।