
धादिङको गंगाजमुना गाउँपालिकाको वडा नम्बर ५ पैयुखर्कमा शुक्रबारदेखी वडास्तरिय भलिवल प्रतियोगीता सुरु भएको छ । ब्लु स्टार युवा क्लबको आयोजना र गङगाजमुना गाउँपालिकाको सहयोगमा वडास्तरिय भलिबल प्रतियोगिता सुरु भएको मदन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगीताको गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामाले उद्घाटन गर्नुभएको हो । ६ ओटा समुहको सहभागीता रहेको प्रतियोगीतामा प्रथम हुने समुहलाई २० हजार, द्दितिय हुनेलाई १५ हजार र तृतिय हुने समूहलाई ५ हजार नगद र प्रमाण प्रदान गरिने क्लवका सचिव सुक्र गुरुङले बताउनुभयो ।

क्लवका अधयक्ष सुशिल गुरुङको अध्यक्षतामा सुरु भएको प्रतियोगीता उद्घाटन समारोहमा गंगाजमुना गाउँपालिकाका ऋधयक्ष भक्त लामो प्रमुख आतिथ्य रहेको थियो । साथै उपाध्यक्ष रामेश्वर सिम्खडा, वडा नम्बर ५ का वडा अध्यक्ष कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो । यस्तै माघे सक्रान्तीका दिन पालिका स्तरिय गोरु जुधाइ कार्यक्रम समेत रहेको क्लवले जनाएको छ ।