धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ पिपलडाँडामा समिती गठन गर्ने क्रममा विवाद सिर्जना भएको छ ।

प्रदेश सरकारबाट बिनियोजित रकम रु ५० लाखको समिति निर्माण गर्ने क्रममा विवाद हुँदा हात हालाहालको स्थिति समेत सिर्जना भएको छ । पिपलडाडामा सिकटार बिर्ता सुनपोखरी सडक त्रिपुरासुन्दरी ५ र ६ को नाममा प्रदेश सरकारबाट बजेट विनियोजन भएको थियो ।

समितिमा आफु अनुकुल मान्छे नराखिएको भन्दै कांग्रेस निकट शिक्षक संघमा आवद्ध शिक्षक भिमसेन अधिकारीले वडाअध्यक्ष हरि विश्वकर्मालाई हातपात गरेको हो ।

सुन्दरी माविका शिक्षक भिमसेन अधिकारीले आफुसँग भएको माईनुट च्यात्नुका साथै आफु माथी हातपात गरेको वडाअध्यक्ष हरि विश्वकर्माले बताउनुभयो । हातपात गर्ने शिक्षक माथी कानूनी उपचार खोजीन्छ वडाअध्यक्ष विश्वकर्माले भन्नुभयो । प्रहरीकै अगाडी आफुमाथी हातपात भएको वडाअध्यक्ष विश्वकर्माको आरोप छ ।

भिडियो :

Facebook Comments