रोटरी क्लब अफ धादिङले सल्यान्टारका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहित स्वेटर वितरण गरेको छ । रोटरी क्लब अफ धादिङका सर्भिस चियर ईश्वर कडेंलको पहल र रोटरी क्लब अफ धादिङको सहयोगमा वितरण गरिएको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ मा रहेको आवागमन आधारभुत विद्यालयका १ सय २० जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहित स्वेटर वितरण गरेको रोटरी क्लब अफ धादिङका अध्यक्ष रोहित भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि रोटरी क्लब अफ धादिङले उक्त सामाग्री वितरण गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष कृष्णलाल उप्रेती, निवर्तमान अध्यक्ष भिम बहादुर श्रेष्ठ, सर्भिस चियर इश्वर कँडेल सहित विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउनको लागि स्टेशनरी तथा स्वेटरहरु वितरण गरिएको अध्यक्ष रोहित भण्डारीले बताउनुभयो ।

Facebook Comments