२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रोटरी क्लब अफ धादिङद्वारा सल्यान्टारका विद्यार्थीलाई स्टेशनरी सामाग्री सहित स्वेटर वितरण

रोटरी क्लब अफ धादिङद्वारा सल्यान्टारका विद्यार्थीलाई स्टेशनरी सामाग्री सहित स्वेटर वितरण

रोटरी क्लब अफ धादिङले सल्यान्टारका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहित स्वेटर वितरण गरेको छ । रोटरी क्लब अफ धादिङका सर्भिस चियर ईश्वर कडेंलको पहल र रोटरी क्लब अफ धादिङको सहयोगमा वितरण गरिएको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ मा रहेको आवागमन आधारभुत विद्यालयका १ सय २० जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहित स्वेटर वितरण गरेको रोटरी क्लब अफ धादिङका अध्यक्ष रोहित भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि रोटरी क्लब अफ धादिङले उक्त सामाग्री वितरण गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष कृष्णलाल उप्रेती, निवर्तमान अध्यक्ष भिम बहादुर श्रेष्ठ, सर्भिस चियर इश्वर कँडेल सहित विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउनको लागि स्टेशनरी तथा स्वेटरहरु वितरण गरिएको अध्यक्ष रोहित भण्डारीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।