माघ १०, काठमाण्डौं ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा उम्मेदवारी दर्ता गरिएको छ । सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो ।
निर्वाचित हुने प्रत्येक प्रदेशबाट ८ सदस्य ९महिला ३, दलित १, अपांगता र अल्पसंख्यक १, अन्य ३० का लागि उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले बिहान १० देखि ४ दिउँसो बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल मतदाता २ हजार ५६ छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ सदस्य चुनिने छन् ।











