धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ आदमटारमा अवस्थित सत्यवती माध्यामिक विद्यालयमा सञ्चालित पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी रहेको पाइएको छ । सोमबार शिक्षा विकास तथा समन्वय इकाइ धादिङका निमित्त प्रमुख कृष्णकुमार श्रेष्ठ सहितको टोलिले अनुगमन पछि प्रभावकारी बनेको बताएका हुन् ।

सत्यवती माध्यामिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले प्राविधिक शिक्षा मार्फत कृषि बाली विज्ञान विषय अध्ययन गर्दै मौषमी तथा बेमौषमी तरकारी तथा फलफुल खेती गर्दै आएका छन् । यस विद्यालयले थालनी गरेको पढ्दै कमाउदै कार्यक्रमको अन्य विद्यालयले पनि शिको गर्नु पर्ने श्रेष्ठले बताउनुभयो ।

शिक्षा शाखाले कृषि शाखासँग समन्वय गरेर थप कार्यक्रम ल्याउने सिद्धलेक गाउँपालिकाका शिक्षा शाखाका श्रोत व्यक्ति बलराम अधिकारीले बताउनुभयो । गाउँपालिकाको तर्फबाट छुट्टै योजना ल्याउछौं । उहाँले भन्नुभयो,– ‘सत्यवती माध्यामिक विद्यालयमा कृषि बाली विज्ञान पढाई हुन्छ ।

यस विद्यालयमा थालिएको प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । अन्य विद्यालयमा विस्तार गर्न भन्दा पनि भैरहेका विद्यालयहरुलाई व्यवस्थित गर्ने र अन्य पालिकाहरुसँग पनि समन्वय गरेर सिद्धलेक पालिकाबासीलाई प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर सुनिश्चित गर्छाैं ।, उहाँले भन्नुभयो ।

कृषि क्षेत्रमा भविष्य देखेर प्राविधिक शिक्षा अध्ययन गरेको कक्षा ११ मा अध्ययनरत छात्रा रजिता थापा मगरले बताउनुभयो । स्नातक, स्नाकोत्तरसम्म पढेकाले पनि जागिर पाएका छैनन्, बेरोजगार छन् । उहाँले भन्नुभयो,– ‘नेपाल कृषि प्रधान देश हो । तर अझैपनि वास्तविक किसानको जीवनस्तर माथि उठ्न सकेको छैन । आधुनिक प्रविधि भित्र्याएर खेती गर्ने हो भने रोजगार र आम्दानी दुवै हुन्छ । अवको भविष्य भनेकै कृषि क्षेत्रमा छ ।,’ उहाँले भन्नुभयो ।

त्यस्तै, समृद्धि पौडेलले पनि आफ्नो भविष्य सुरक्षित बनाउन प्राविधिक विषयमा पढेको बताउनुभयो । कृषि क्षेत्रमा लाग्नुभएका किसानहरुलाई नयाँ प्रविधिको जानकारी, सरसल्लाह दिएर किसानको जीवनस्तर माथि उठाउँन भूमिका खेल्ने बताउनुभयो । अहिले हामी पढ्दै कमाउदै छौं ।

उहाँले भन्नुभयो,– ‘अहिले पढ्ने समय हो । तर हामी पढ्दै कमाउदै छौं । हामीले लगाउने विद्यालय पोशाक, भ्रमण लगायतका खर्च पढ्दै कमाउदै कार्यक्रमले पुगेको छ । अनुभव पनि बटुलेका छौं । पढाई सक्ने वित्तिकै जागिर पनि पाइन्छ । प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउने उहाँले बताउनुभयो ।

Facebook Comments