आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ सय ९८ रनको टार्गेट दिएको छ । नेपालले ४९ ओभर १ बलमा पुरै विकेट गुमाएर २ सय ९७ रन बनायो ।
आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले बनाएको २९७ रन ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर हो ।
नेपालका आशिफ शेखले शतक बनाएका छन् । उनले एक सय १ बलमा सय रन पूरा गरे । आशिफले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरे । योसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा उनको एक हजार रन पनि पूरा भएको छ ।
एकदिवसीयमा एक हजार रन पूरा गर्ने आशिफ दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान रोहित पौडेलले एक हजार रन बनाएका थिए । आशिफ १ सय १० रनमा आउट भए ।











