नेकपा एमालेको दुई महिले ग्रासरुट अभियान अन्तर्गत धादिङका विभिन्न वडाहरुमा धमाधम भेला तथा बैठकहरु संचालन भईरहेको छ ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरीमा शनिबार वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले भेलालाई सम्बोधन गर्दै देशको विकार सम्वृद्ध एमालेले मात्र गर्ने बताउनुभयो । श्रेष्ठले प्रशिक्षणमुलक सम्बोधन गर्दै एमालेको कामबाट आत्तिएकाहरुले विदेसी ईशारामा एमालेलाई हराएकोले अब जनता गोलबन्द हसनुपर्ने बताउनुभयो । यस्तै निलकण्ठ नगरपालिका १० ज्यामरुङमा नेकपा एमालेको वडा कमिटी बैठक सम्पन्न भएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य कैलास ढुंगेलको प्रमुख आतिथ्यमा सम्पन्न भेला तथा बैठकमा टोलटोलमा संगन निर्माण गरि नागरिकलाई एमालेमा समाहित गरिने योजना बनाईएको छ । यस्तै गल्छी गाउँपालिका वडा नम्बर १ मा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
टोलटोलमा केन्द्रीय नेता पुगेर जनतालाई एमालेबारे बुझाईने भेलाले कार्ययोजना बनाएको छ ।

भेलालाई नेकपा एमाले केन्द्रीय सदस्य केशव स्थापितले सम्बोधन गर्नुभयो । यस्तै धुनीबेसी नगरपालिका वडा नम्बर ९ स्थित साविक नौबिसे गाविस वडा नम्बर ५मा नारायणी खत्रीको अध्यक्षतामा ३१ सदसिय टोल कमिटि पुनरगठन गरिएको छ । टोलभेलामा नेकपा एमाले जिल्ला सदस्य सुरेश आचार्य र राजिव लामाको आतिथ्य रहेको थियो । यसैगरि धुनीबेसी नगरपालिका वडा नम्बर ५ को वडा कमिटि बैठक सम्पन्न भएको छ । नेकपा एमाले बागमती प्रदेश सदस्य डा रामकुमार अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।

 

Facebook Comments