
नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस खहरेमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार भएका सचिव सहित ४ जना सर्वसम्मत निर्वाचित भएका छन् । स्वावियु निर्वाचनको मनोनयन दर्ताको समयमा अन्य व्यक्तिको उम्मेदवारी नपरेका कारण सर्वसम्मत भएको हो ।
नेत्रावती सामुदायिक बहुमसखि क्याम्पस स्ववियु सचिवमा अनेरास्ववियुका उम्मेदवार कोपिला अधिकारी, सहकोषाध्यक्षमा दुर्गा परियार, सदस्य सन्तोष धरेल र सदस्यमा विनोद धरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अनेरास्ववियुले अनेरास्ववियु क्रान्तिकारीसंग गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएको थियो ।