विश्वकप क्रिकेट लिग टूमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको नेपाल खलेको ४ बल बाँकी हुँदै २४८ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान रोहितकुमार पाैडेलले सबैभन्दा धेरै ७७ रन बनाउनुभयो । त्यस्तै आरिफ सेखले ४३, गुल्सन झाले ३७, दिपेन्द्रसिंह एेरीले ३४ र भीम सार्कीले २९ रन बनाउनुभयो ।
खराब सुरूवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ७ र आसिफ सेख शुन्य रनमा आउट हुनुभयो । यस्तै कुशल मल्लले ९ रन बनाउनुभयो ।











