
माघ १३, धादिङ ।
धदिङको नेत्रावती गाउपालिकाको वडा नम्वर ३ सेमजोङमा शुक्रबारबाट एम्बुलेन्स सेवा संचालनमा आएको छ । गाउका भुतपुर्व भारतीय सैनिकहरुको पहलमा इन्डियन एमबीसीले ऐम्बुलेन्स उपलब्ध गराएको हो ।
गाउमा एम्बुलेन्स सेवा संचालननमा आएपछि लामो समयदेखि समस्या झेल्दै आएको नेत्रावती गाउपालिकाको साविकको सेमजोङ, कटुञ्जे लगायत आसपासका गाविसका बासिन्दाहरु बढि मात्रामा लाभान्वित हुनेछन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सवैखाले उपचार सेवाहरु नहुँदा रिफर गर्नुपर्ने बिरामीहरुले सास्ती खेप्दै आएका थिए । अबभने गाउँलेहरुले प्रत्यक्ष रुपमा सेवा पाउने र रिफर गर्नुपर्ने बिरामीहरुलाई पनि सदरमुकाम धादिङबेशी र काठमाण्डौ तथा चितवन पु¥याउन सहज हुने भएको छ ।
नागरिकका लागि स्वास्थ्य सेवा सवैभदा संवेदनशिल विषय भएकाले एम्बुलेन्स लगायत अन्य अत्यावस्यकिय सेवाहरु उपलव्ध गराउन भुतपुर्व भारतीय सैनिकहरु निरन्तर क्रियाशिल रहेको बताइएको छ । गाउमा सडक सुविधा पुगेको भएपनि नियमित यातायातका सवारीसाधन नचल्दा एम्बुलेन्स सेवाको चर्को आवश्यकता खड्कीएको थियो ।
अब भने बिरामी पर्दा हेलिकप्टर चार्टर गरेर मगाउनुपर्ने तथा बाहिरबाट एम्बुलेन्स मगाउनुपर्ने समस्याको अन्त्य हुने भन्दै गाउबासी खुशी भएका छन् ।