माघ १८, धादिङ ।

बेनिघाट रोराङ गाउँपालिकाका ३४ जनालाई नागरिकता उपलब्ध गराइएको छ । नागरिकताको महत्व नबुझेका र बनाउने प्रक्रिया थाहा नभएकाहरुलाई नागरिकता उपलब्ध गराइएको हो ।

मानिसको हरेक कार्यको लागि आवश्यक पर्ने हतियारको रुपमा रहेको नागरिकताको महत्व बुझाउने उद्देश्यले अक्सफामको सहयोगमा फोकस नेपाल धादिङले नेपाल भुकम्प प्रतिकार्य परियोजनाको लैङगिक तथा संरक्षण कार्यक्रम अन्तर्गत हिजो र आज गरी ३४ जनालाई नागरिकता उपलब्ध गराएका हो ।

नागरिकता पाएसङगै गाउँपालिका बासिन्दाहरु खुशि भएका छन् । नागरिकताको महत्व र बनाउने प्रक्रिया बारे थाहा नभएका मानिसहरु अहिले नागरिकता पाएसङगै खुशि भएका हुन् । पहिले नागरिकता नभएकोले आफुले चाहेको काम पनि गर्न नसकेको उनीहरु बताउछन् ।

कतिपयलाई त नागरिकताको महत्व थाहा हुदाँ हुदै पनि बनाउने पक्रिया थाहा नभएकाले समस्या भोग्नु परेको र अव भने ति समस्याहरु मुक्त भएको उनीहरुको भनाई छ । कतिपयले त नागरिकता पाएसङगै अव भने आफुले चाहेको काम गर्न पाउने आशा पनि गरेका छन् ।

गरिवीका कारण नागरिकता नबनेको र नागरिकता नभएकै कारण सरकारी सेवा सुविधाबाट पनि बञ्चित भएका मानिसहरुलाई नागरिकताको महत्व बुझाई उपलब्ध गराएको फोकस नेपाल धादिङकी लैङिगक सहायक हिरादेवि रेग्मीले बताउनु भयोे ।

Facebook Comments