बैशाख ३, २०८०
धादिङ – यहि बैशाख १४ देखि २४ गते सम्म बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित चरौंदी बजारमा दोस्रो औद्योगीक तथा पर्यटन मेला– २०८० हुने भएको छ । जिल्ला होटल संघ धादिङको आयोजना र नारायणी फेयर एक्जिवेसन नेपाल चितवनको व्यवस्थापनमा औद्योगीक तथा पर्यटन मेला हुन लागेको हो ।

धादिङ जिल्लाको फलफुल तथा तरकारी पकेट क्षेत्रको रुपमा परिचित र पृथ्वी राजमार्गमा पर्ने चरौंदी बजारमा हुने यस मेलामा विशेष गरि चेपाङ जातीको नमुना घर, भेष भुसा, कला संस्कृति, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरुको प्रर्दशनी, त्रिशुली नदिमा ¥याफ्टीङ, क्यानोनिङ सहित ख्यातीप्राप्त स्थानिय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

महोत्सव स्थलमा स्टल राख्न चाहानेहरुको लागि आयोजक तथा व्यवस्थापन टिमले स्टल बुकिङको लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकेको छ । महोत्सव स्थलमा व्यवसायिक, कृषि उपज, औजार, घरेलु हस्तकलाका सामाग्री, बाल उद्यायन, सहितका विभिन्न किसिमका स्टलहरु रहनेछन् ।

Facebook Comments