२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रहरीका सहायक हवल्दार आँफैले गोली हानी आत्महत्या

प्रहरीका सहायक हवल्दार आँफैले गोली हानी आत्महत्या

दाङको तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका– ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब पाँच दिन पहिले मात्रै कपिलवस्तुबाट आएका थिए । केसी ४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।