बैशाख ५, २०८०
धादिङ – नेपकपा एमालेले २०७९, फागुन १० गतेदेखि जनस्तरसम्म नेताहरु पुग्ने उदेश्य सहित देशैभर दुई महिने मिसन ग्रासरुट कार्यक्रम संचालन गरेको थियो । यो कार्यक्रम हालसम्म पनि चलिरहेको छ । यहि कार्यक्रमको बीचमा धादिङको नीलकण्ठ नगरपालिकामा नगर स्तरीय समिक्षा कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । पार्टीको यस मिसन ग्रासरुट अभियानले कार्यकर्ताहरुमा नयाँ उत्साह र तरंग ल्याएको र यो अभियानलाई अगामी निर्वाचन सम्म निरन्तरता दिनुपर्ने नीलकण्ठ नगर कमिटिका नेता, कार्यकर्ताहरुले जोड दिएका छन् । पार्टी संगठन सुदृढ बनाउन यो अभियान प्रभावकारी भएको बताएका छन् । नेकपा एमालेको पार्टी कार्यालय धादिङबेसीमा नगर स्तरीय समिक्षा बैठक सम्पन्न भएको हो ।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं यस अभियानमा धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिकाको लागि केन्द्रिय प्रतिनिधि कैलाश ढुंङ्गेलको प्रमुख आतिथ्यतामा सप्पन्न भएको कार्यक्रममा फागुन १० गतेदेखि शुरु भएको दुई महिने मिसन ग्रासरुट अभियानको नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा भएको गतिविधिको समिक्षा गरेका छन् । नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा वडा भेलाहरु गरिएको, टोलहरुमा टोल कमिटी गठन गरिएको पार्टीका विभिन्न जनसंगठनहरु किसान संघ, युवा संघ ,महिला संघ, विद्यार्थी, जनजाती लगायतका जनसंगठनहरुको कमिटि गठन र पुर्नगठन गरिएको प्रतिवेदन वडा कमिटीका अध्यक्षहरुले पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कैलाश ढुंङ्गेलले अहिलेको दुई महिने मिसन ग्रासरुट अभियानले नेकपा एमालेको तल्लोतहमा रहेको समस्या र गुनासा पहिचान गर्न मद्दत गरेको बताए । धेरै कार्यकर्तामा नयाँ तरंग ल्याएकोले यस अभियानलाई जिल्ला र नगर कमिटीले निरंन्तरता दिनुपर्ने बताएका छन् । साथै नयाँ  युवा पुस्ताहरुमा नेकपा एमालेको निती बिचार र सिद्धान्त पुर्याउन जरुरी रहेको बताएका छन् । यी सबै कामको जिम्मेवारी जिल्ला पार्टी कमिटीका नेताहरूको भएको पनि बताएका छन् ।

यसै गरि नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं यस अभियानमा नीलकण्ठ नगरपालिकाको लागि प्रदेश प्रतिनिधि नरेश खतिवडाले मिसन ग्रासरुट अभियानमा निलकण्ठको १४ वटै वडामा पुग्दा कार्यकर्ताहरुले निर्वाचनको समय बाहेक नेताहरु कहिल्यै गाउँ नफर्किने गुनासो गरेको र यस पटक यो अभियानले केन्द्रीय नेता घर–घरमा आएर भेटघाट सहित आफ्नो कार्यकर्ताहरुको समस्या र गुनासाहरु नेताहरुलाइ सुनाउन पाउँदा स्थानीय नेता कार्यकर्ताहरु खुशी भएको बताएका छन् । नेकपा एमाले निलकन्ठ नगर कमिटीका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले नीलकण्ठ नगर कमिटीका सचिव बेग बहादुर सुनारले जानकारी दिनुभयो ।

दुई महिने मिसन ग्रासरुट अभियानका मुख्य उदेश्यहरु :-

१. पर्टी सदस्यता नविकरण र नयाँ सदस्यता विस्तार गर्ने
२. पर्टी संगठन तथा जनसंगठनहरुको गठन, पुर्नगठन गर्ने
३. जनसंगठनहरु निर्माण र अधिवेशन गर्ने
४. स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्ने
५. अन्र्तकृया र प्रशिक्षण कार्यक्रम संचालन गर्ने
६. पार्टी भित्रको आन्तरिक अन्तरद्धन्द व्यवस्थापन र समाधान गर्ने
७. स्थानीय तह परिचालन समिति निर्माण गर्ने
८. जनजिविकाको समस्या समाधनका लागि पार्टी परिचालन गर्ने
९. कम्युनिष्ट पार्टीका अग्रज, शहिद, वेपत्ता भएका व्यक्ति र परिवारको सम्मान गर्ने
१०.आम नेता, कार्यकर्ताको पार्टी प्रतीको दृष्टिकोण, सल्लाहा र सुझावहरु ग्रहण गर्ने
११.पार्टी संगठनलाइ विधि र पद्धतीमा चलाउन पार्टी पुर्नगठन र जागरण गर्ने

 

Facebook Comments