
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा रहेको महाकाली कृषक समुहका सदस्यलाई कृषि सामाग्री वितरण गरिएको छ ।
आईतबार खाद्य तथा पोषण सुरक्षा सुधार आयोग फ्यान सेपको कलष्टर इकाई गोर्खाको ८५ प्रतिशत अनुदान र महाकाली कृषक समुहको १५ प्रतिशत लगानीमा बेनिघाटको वडा नम्बर १० लैताकमा रहेको समुहका ३१ जना सदस्यलाई कृषि सामाग्री वितरण गरिएको विजय तामाङले जानकारी दिनुभयो ।
९ वटा मिनिटिल, १० वटा हिल्ट्याङ, पानी तन्न्ने मोटर ,पाइप लगाएत ७ लाख ५० हजार रकम बराबरको कृषि सामाग्री गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले वितरण गर्नुभएको हो ।