२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र कतारबीच खेल हुँदै

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र कतारबीच खेल हुँदै

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

समूह ए मा रहेका नेपाल र कतारबीच त्रिवि मैदान कीर्तिपुरमा तथा समूह बी मा रहेका हङकङ र कुवेतबीचको खेल मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् । कतार जितविहीन रहँदै पुछारमा छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।

समूह बी बाट भने अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ । आज हङकङ र कुवेतबीचको विजेता टोली नै सेमिफाइनलमा पुग्नेछ । हङकङको ५ र कुवेतको ४ अङ्क रहेको छ । खेल बराबरी भएमा वा रद्द भएमा हङकङ नै सेमिफाइनलमा पुग्नेछ । एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।