धादिङको गल्छि गाउँपालिका–८ का विनोद थापा मगरको धारिलो हतियार प्रहारपछि ज्यान गएको छ ।
होटलमा सामान्य विवादका कारण चक्कु प्रहार गरि घाइते भएको २८ वर्षिय मगरको काठमाडौमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए । ‘बुधबार राति करिव १२ वजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकविच सामान्य भनाभन भएपछि घटना घटेको हो ।
चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गयो । छानविनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरज पण्डित प्रहरीको नियन्त्रणमा छ । होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक एसपी मिश्रले बताउनुभयो ।
घटनापछि पिडित पक्षले सडक खण्ड अवरुद्ध गर्दा दिनभर नै तनावग्रस्त बन्यो । अहिले भने सडक सुचारु भएको प्रहरीले जनाएको छ।











