बैशाख २६
धादिङ – रोटरी क्लब धादिङले त्रिपुरासुन्दरी गाउपलिका वडा नम्बर २ स्थित सल्यानटारमा रहेको  आवागमन आधारभूत विध्यालयमा अध्यायनरत १० जना अति विपन्न विद्यार्थीहरूलाई   शैक्षिक सामाग्री तथा विद्यालय पोसाक सहयोग गरेको छ । रोटरी क्लब अफ धादिङ तथा वर्ष २०२३(०२४ का अध्यक्ष नविन कुमार श्रेष्ठको आर्थिक सहयोगमा उक्त सामाग्री प्रदान गरिएको हो ।

सोमबार विध्यालयमा आयोजित एक कार्यक्रमको बीच विद्यार्थीहरुलाइ  शैक्षिक सामाग्री तथा विध्यालय पोसाक दिएको हो । रोटरी क्लब धादिङले समय( समयमा यस्तै शैक्षिक तथा सामाजिक कार्यहरु गर्दै आएको छ ।

Facebook Comments