गलैचा बुनाइ सम्बन्धि ३० दिने सीप विकास तालिम शुक्रबार सम्पन्न भएको छ । बेरोजगार न्यूनिकरण गर्ने उद्देश्यले खनियाँबास गाउँपालिकाको आयोजनामा धादिङको रायटारमा सम्पन्न तालिममा ३० जना लाभान्वित बनेका छन् ।
‘पछिल्लो समय नेपालमा बुनेको गलैचा अन्तराष्ट्रिय बजारमा माग बढको छ । रोजगारी नभएर फुर्सदिलो रहेकाहरुले घरमै मेसिन लगेर गलैचा बुन्न सक्छन् । आयआर्जन गर्न सक्ने अपेक्षाले यो तालिम आयोजना गरिएको हो,’ खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।
बुन्ने मेसिन, धागो उनीहरुले दिने र ग्यारेन्टीका साथ विक्रि हुने हुदा यो सिपले तालिम लिएका प्रशिक्षार्थीहरुले राम्रै पैसा कमाउन सक्ने अध्यक्ष तामाङले बताउनुभयो । सिप आफु सिक्ने र अरुलाई सिकाउने हो । यो प्रक्रिया चलिरहन्छ । गलैचा बुन्ने, जीविकोपार्जन लगायतका तालिम दिन पालिकाले पनि बजेट विनियोजन गर्न उहाँले बताउनुभयो ।
सीप सिकेर घर परिवार चलाउन सक्ने बन्न होस् । यो सीप सिकेर आत्मनिर्भर बन्न तालिमको आयोजना गरिएको गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले बताउनुभयो । गंगाजमुना गाउँपालिकामा पनि यस्तै विभिन्न खालका तालिमको आयोजना गरिदै आएका छौं । गंगाजमुना गाउँपालिकाबासीका लागि गलैचा बुनाइ तालिम प्रदान गरिने उहाँले बताउनुभयो ।
धादिङको गलैचाले अन्तराष्ट्रिय बजार लिएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री दिलमान पाख्रिनले बताउनुभयो । नेपालमा उत्पादित गलैचा करिव १० प्रतिशत मात्रै विक्रि हुन्छ । उहाँले भन्नुभयो,– ‘९० प्रतिशत गलैचा अन्तराष्ट्रिय बजारमा विक्रि हुन्छ । हामीले उत्पादन गरेको गलैचाले राम्रो मूल्य पाउँछ । त्यसैले, हामीले यस्तो क्षेत्रमा लगानी । उत्पादन दुवै बढाउने हो,’ उहाँले बताउनुभयो ।
३० दिन सम्म चलेको गलैचा बुनाइ तालिम धादिङका गलैचा व्यवसायी बुद्धसिंह तामाङ र लिडिया तामाङले सहजीकरण गरेका हुन् । उनीहरुले धादिङमा उत्पादन भएका गलैचा अन्तराष्ट्रिय बजारसम्म पु¥याउदै आएका छन् ।

Facebook Comments