२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय विन्दुमा नेप्से

२६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय विन्दुमा नेप्से

आइतवार ६३ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ५० विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको शेयर साढे छ प्रतिशतले घटेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता शेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।