२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार र कर्मचारी विच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगीतामा कर्मचारीको समूह विजयी

पत्रकार र कर्मचारी विच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगीतामा कर्मचारीको समूह विजयी

निजामती सेवा दिवसको अवसरमा आयोजित पत्रकार र कर्मचारी बिच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगीतामा कर्मचारीको समूह विजयी भएको छ । निर्धारित समयमा दुबै टिमको एक/एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुट आउटमा पत्रकारको समूहलाई ५–४ को गोल अन्तरले कर्मचारीको समूह विजयी भएको हो । कर्मचारी मिलन केन्द्र धादिङले प्रतियोगीताको आयोजना गरेको हो । राष्ट्रसेवक कर्मचारी र पत्रकार विच मित्रवत भावना विकास गर्ने उद्देश्यले मैत्रिपुर्ण फुटबल प्रतियोगीताको आयोजना गरिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।

यस्ता प्रतियोगीताले खेल प्रतिको चाहानालाई उजागर हुने तथा पत्रकार र कर्मचारी विचको सम्बन्ध थप विकास हुने अध्यक्ष शर्माले बताउनुभयो । यस्तै डिभिजन वन कार्यालय धादिङका प्रमुख एवं कर्मचारि मिलन केन्द्र धादिङका अध्यक्ष अजय विक्रम मानन्धरले कर्मचारी र पत्रकारहरुबिचको चिनजान बढाउने र आपसी सम्वन्धलाई मजवुत बनाउन यस्ता प्रतियोगीताले सहयोग पुग्ने बताउनुभयो ।

सप्ताहव्यापी रुपमा मनाईने निजामती सेवा दिवसको अवसरमा व्याटमिन्टन प्रतियोगीता, मैत्रिपुर्ण फुटवल प्रतियोगीता गरिएको र भोली खुल्ला कविता प्रतियोगीता, रक्तदान कार्यक्रम गर्ने र २२ गते निजामती दिवसको दिन प्रतियोगीतामा विजयीहरुलाई पुस्कार वितरण तथा मेडल प्रदान गर्दै समापन गरिने उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।