म एक यस्तो युवा हुँ जो नेपाल मै केही गर्न सकिन्छ भनी दिन रात मेहनत अनि संघर्ष गरिरहेको छु तर कहिलेकाहीँ म संगैका केही हुल साथीहरूले बिदेश गइ रहेको देख्दा मेरो मन नमीठो तरिकाले पोल्छ। अनि त्यो बिगतमा जान मन लाग्छ जुन बेला साथीहरू बिदेश जाने भनी कन्सल्टेन्सी र मेनपावर धाउथ्यो र मलाई पनि बिदेश जान सुझाव दिई रहन्थ्यो। पछुतो लागिरहेको छ भनु या आज आफ्नै साथिहरुले गरेको प्रगति देखेर जलिरहेको छु भनम, खएर कता कता फुर्सद निकालेर सोच्न बाध्य हुदैछु आजभोलि ।

म केही गर्न सक्छु या केही गर्न सक्दैन भन्ने कुराले भन्दा पनि घर संगै घर टासिएको छिमेकीले मेरा बा-आमाको अघि छोराले यति पठायो त्यति पठायो भन्ने शब्दले पोल्ने गरेको छ आजभोलि मलाई ।

मेरो धेरै ठूलो सपना त छैन । एउटा सानो घर होस्, बाआमालाइ त्यो घरमा खुशी संग राख्न सकु तर निराशाको चरम सिमाना नागेको म आफैं घुडा टेक्छु कि भन्ने डर लागिरहेको छ। फेरि सोच्न बाध्य हुन्छु, दुई महलको बिचको मेरो सानो घर कतै ती महलको बिचमा हराउने त होइन । जसरी आज मेरो मनोबल यो समाजको बिचमा विलीन हुदै छ ।

गुनासो को संग गरु? अभिभावक जस्ले मेरो हरेक खुशिलाइ आफ्नो खुशी ठाने या गुरु जस्ले किताबी ज्ञानले मेरो मस्तिष्क भरीदिए या सरकार जस्ले मलाई बिच बाटोमा अलपत्र छोड्यो अनि आफु घुरेर सुतिदियो । आज गर्छु मन नभरिदा सम्म सरकारको कुरा ! आज पोख्न मन लागिरहेछ सरकारसंग गुनासो जुन १७ बर्ष देखि मनमा दबाएको राखेको छु ।

नेपालका सम्पूर्ण नागरिकलाई समावेशी र समानतामा आधारित गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र शैक्षिक योग्यता अनुसार रोजगारी दिनु सरकारको दायित्व हो तर यो घुरेर सुतेको सरकारलाई यो सबै कुरा फजुल लाग्छ । दैनिकी ३००० को हाराहारीमा बिदेश जाने युवाहरूको संख्या दिनदिनै बढिरहेको छ। यो सब आँखा खुल्ला गरि टुलुटुलु हेरिरहेको छ। बुझ्दैन कि बुझेर नि बुझ पचाउछ । देश बिकासमा युवाको भुमिका ।

म दुख साथ भन्छु मलाई सरकारले तोकेको न्युनतम तलब १७ हजार ३०० ले पुग्दैन । दैनिकी ४७७ रुपियाँ ज्यालाले घन्टाको हिसाब गर्दा त दुई दशमलवमा नि आउदैन अनि किन बस्नु म मेरो देश । मेरो पसिनाले सहि मूल्य दिन नसक्ने मेरो देशमा म मेरो र मेरो बा-आमाको सपनाको लागि पनि प्रदेशिनु आवश्यक छ। म जान्छु प्रदेश मेरो देश मेरो पसिनाको रेमिटेन्स मै खुशी हुन्छ । अनि आफै भन्नुहोस् न म किन बसु मेरो देश । कमसेकम मैले मेरो समाजको मुख त टाल्न सक्छु नि, कमसेकम यो समाजले मेरो सहि तरिकाले मुल्यांकन त गर्छ ।

Facebook Comments