२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मकवानपुरका युवा त्रिशुली नदीमा हामफालेर बेपत्ता

मकवानपुरका युवा त्रिशुली नदीमा हामफालेर बेपत्ता

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ का ३८ वर्षीय निरन्जन देवकोटा त्रिशुली नदीमा हामफालेर बेपत्ता भएका छन् ।

सोमबार साँझ करिब साडे ६ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पुलबाट नदीमा हामफालेका थिए । मोटरसाइकलमा आएका देवकोटाले मोटरसाइकल पुलको बीच भागमा रोकेर नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

देवकोटाले पुलमा छोडेको चप्पल र बागमती प्रदेश ०३-००५ प ४१७६ नम्बरको २२० सिसिको एभेन्जर मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । वेपत्ताको आफन्त र प्रहरीले देवकोटाको खोजी गरिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।