२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ब्रोकर नम्बर ४५ द्वारा गजुरीमा वित्तिय साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम

ब्रोकर नम्बर ४५ द्वारा गजुरीमा वित्तिय साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धादिङको गजुरीमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको छ । इम्पेरियल सेक्यूरिटीज कम्पनी लिमिटेड ( ब्रोकर नम्बर ४५) को आयोजनामा शेयर मार्केट सम्बन्धि आधारभूत जानकारी दिने र लगानी कर्तालाई वित्तिय साक्षरता तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको धादिङ शाखाका प्रवन्धक मुना सिंखडाले बताउनुभयो ।

कार्यक्रममा शेयरको आधारभूत ज्ञानको विषयमा नेपाल धितोपत्र वोर्डका सहायक निर्देशक गौरव बरालले जानकारी गराउनु भएको थियो । आइपिओ, एफपिओ, निष्काशन, सूचिकरण, खरिद विक्रि प्रक्रिया लगायत विषयमा जानकारी गराइएको सिंखडाले बताउनुभयो ।

शेयर बजारको जोखिम, कस्तो समयमा बजारमा प्रवेश गर्ने, किन्दा र विक्रि गर्दा कस्तो कुरामा ध्यान दिनुपर्छ, शेयरबजारबाट कसरी मुनाफा लिने लगायतका विषयमा नेपाल धितोपत्र वोर्डका सहायक निर्देशक अशोक कुमार विष्टले जानकारी गराउनुभएको थियो ।

इम्पेरियल सेक्यूरिटीज कम्पनी लिमिटेड धादिङ शाखाले लगानी कर्तालाई वित्तिय साक्षरता तथा सचेतना अभिवृद्धि गराउन विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको छ । आइतबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा ७० जनाको सहभागिता रहेको सिंखडाले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।