
नारायणगढ सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ६ नौकिलोमा बा.प्र. २–०४६ प १६९२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सिन्धुपाल्चोकका २४ वर्षीया युवती संगीता भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटना यकिन कारण भने खुल्न सकेको छैन ।