२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गुम्दीमा जीप दुर्घटना हुदा एक जना बालकको घटनास्थलमै मृत्यु

गुम्दीमा जीप दुर्घटना हुदा एक जना बालकको घटनास्थलमै मृत्यु

धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुदा एक जना बालकको घटनास्थलमै ज्यान गएको छ ।
धादिङबेसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नंम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

बिदा मनाउन गाउँ आएका गंगाजमुना गाउँपालिका–२ का करिव १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको गंगाजमुना गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालकहरु एडेल तामाङ र फिडिक तामाङ घाइते भएका छन् । घाइतेहरुको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । ।

ईलाका प्रहरी कार्यालय फुलखर्कका प्रहरी टोली र स्थानीयले घटनास्थलमा पुगि उद्धार गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।