धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा गाडीको ठक्करबाट एक जना घाईते भएका छन् ।

नौबिसे बाट गजुरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१च १४९१ नम्बरको गाडीले ठक्कर दिँदा भारतको बकिनिया घर भई धार्के बस्ने २० वर्षका लोकेश जैशवाल घाईते भएका हुन् ।

सडक पार गर्ने क्रममा घाईते भएका जैशवालको साईबाबा सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौँ लगिएको छ । उनको एउटा खुट्टामा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments