स्याङ्जाको भिरकोट नगरपालिका ९, स्थित नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समुहले आगजनी तथा तोड्फोड गरेका छन् ।

भिरकोट नगरपालिकाको उच्च भू-भागमा रहेको धार्मिक स्थलको रुपमा परिचित मन्दिरको मूर्ति, हतियार, घण्टी लगाएतका सामग्रीमा तोडफोड भएको त्यस वडाका वडाध्यक्ष भिम गुरुङले जानकारी दिनु भएको छ ।

दाउरा काट्न गएका स्थानीयले मन्दिरको अवस्था देखेपछि गाउँवासीलाई खबर गरेका थिए । जनप्रतिनिधी र स्थानीयको रोहोबरमा प्रहरीले मुचुल्का उठाएको छ ।

घटनाको प्रकृति हेर्दा त्रिशुल र घन प्रयोग गरेर मन्दिर तोडफोड भएको देखिएको छ । मट्टीतेलको प्रयोग गरेर आग्जनी भएको भिरकोट-९ का वडा अध्यक्ष भिम गुरुङले बताउनुभयो । प्रत्येक वर्ष वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली पर्वको अवसरमा त्यहाँ पूजा हुने गर्दछ ।

Facebook Comments