२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मन्दिरमा अज्ञात समूहद्वारा आगजनी तथा तोडफोड

मन्दिरमा अज्ञात समूहद्वारा आगजनी तथा तोडफोड

स्याङ्जाको भिरकोट नगरपालिका ९, स्थित नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समुहले आगजनी तथा तोड्फोड गरेका छन् ।

भिरकोट नगरपालिकाको उच्च भू-भागमा रहेको धार्मिक स्थलको रुपमा परिचित मन्दिरको मूर्ति, हतियार, घण्टी लगाएतका सामग्रीमा तोडफोड भएको त्यस वडाका वडाध्यक्ष भिम गुरुङले जानकारी दिनु भएको छ ।

दाउरा काट्न गएका स्थानीयले मन्दिरको अवस्था देखेपछि गाउँवासीलाई खबर गरेका थिए । जनप्रतिनिधी र स्थानीयको रोहोबरमा प्रहरीले मुचुल्का उठाएको छ ।

घटनाको प्रकृति हेर्दा त्रिशुल र घन प्रयोग गरेर मन्दिर तोडफोड भएको देखिएको छ । मट्टीतेलको प्रयोग गरेर आग्जनी भएको भिरकोट-९ का वडा अध्यक्ष भिम गुरुङले बताउनुभयो । प्रत्येक वर्ष वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली पर्वको अवसरमा त्यहाँ पूजा हुने गर्दछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।