२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाली किशोरीहरूलाई यौन शोषण गरेको आरोपमा एक जना भारतीय युवक पक्राउ

नेपाली किशोरीहरूलाई यौन शोषण गरेको आरोपमा एक जना भारतीय युवक पक्राउ

नेपाली किशोरीहरूलाई यौन शोषण गरेको आरोपमा एक जना भारतीय युवक पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार जोगबनीका २६ वर्षीय रवि कुमारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क गर्दै अनेक लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ती युवकबाट शोषणमा परेका अनि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको उजुरी प्रहरीमा परेको थियो । त्यसपछि उनीमाथि निगरानी गरिरहेको प्रहरीले विराटनगर आएका बेला पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँग समन्वय गरी उनलाई पक्राउ गरिएको थियो ।

अनलाइनबाट नेपाली किशोरीहरूसँग सम्पर्क बनाउने, कुराकानी गर्दै जाँदा नजिकिने अनि होटलमा बोलाउने गरेको खुलेको छ । होटलमा बोलाएर उनले किशोरीहरूमाथि यौन सम्बन्ध राख्ने गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।