नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गजुरी र धादिङबेसी शाखाले वृद्धवृद्धाहरुलाई भोजन गराएको छ ।

कम्पनीको ३७ औं वार्षिक उत्सवको अवसरमा भोजन गराएको नेशनल लाईफ ईन्स्योरेन्स धादिङ शाखाका शाखा प्रवन्धक सरोज अर्यालले जानकारी दिनुभयो ।

वार्षिक उत्सवका अवसरमा गजुरी गाउँपालिको वडा नम्बर २ मलेखुस्थित भद्रकाली वृद्धाश्रममा रहेका वृद्धवृद्धा र गुरुकुलमा रहेका बटुकहरु गरि ५० जनालाई भोजना गराईएको उहाँले बताउनुभयो । कम्पनीले वार्षिक उत्सवका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरि मनाएको छ ।

Facebook Comments