
पत्रकार टेकमान शाक्यमाथी सुरक्षाकर्मीले दुर्व्यवहार गरेको छ ।
समाचार सङ्कलन गर्न पुग्नुभएका पत्रकार शाक्यमाथी कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीको टोलीले विहिबार दिउँसो ताहाचलमा दुर्व्यवहार गरेको हो ।
वैदेशिक रोजगार ठगीमा परेकाहरू दबाबका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पुगेका बेला समाचार सङ्कलनका क्रममा पुगेका पत्रकार शाक्य र सुनिता गौतममाथि प्रहरीले परिचयपत्र खोसेर दुर्व्यवहार गरेका थिए ।
सूचना विभागबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र देखाउँदा पनि प्रहरीले उल्टै यस्तो कार्ड त पैसामा किनेर ल्याइदिन सक्ने भन्ने धम्की दिँदै परिचय पत्र खोसेको पत्रकार शाक्यले बताउनुभएको छ ।
धादिङ स्थायी घर भएका पत्रकार शाक्य एक दशक भन्दा लामो समयदेखि पत्रकारिता पेशामा सक्रिय हुनुहुन्छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक समेत रहनुभएका शाक्य धादिङकै स्थानिय रेडियो, रेडियो विहानी, रेडियो धादिङमा समेत आवद्ध हुनुहुन्थ्यो ।