धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौतर्फ आउदै गरेको यात्रु बस पृथ्वीराजमार्गको घाटबेसी भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो । लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला सहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा ३९ जना घाइते छन् । १० जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उद्दार गरि स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौतर्फ पठाइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना गरि ६५ जना भन्दा धेरै प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । उद्दार जारी छ । नदीमा डुबेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्दारमा आइपुगेका छन् । बस चालक रुपन्देही लुम्बिनी संस्कृति न.पा.९ बस्ने बर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपचारको लागि काठमाण्डौ तर्फ पठाएका घाईतेहरु 
१)देश भारत उत्तर प्रदेश सिदार्थ नगर जि.करोन्दा मयिना थमा बस्ने बर्ष ३० को टिकुरी चौधरी, टाउकोमा चोट,अबस्था मध्यम ।
२) देश क्यानडा बस्ने बिदेशी नागरिक महिला,अबस्था मध्यम ।
३) जि.काभ्रे पाँचखाल न.पा.५२ बस्ने बर्ष ३४ को सुरेश सुनार,खुट्टामा चोट,अबस्था सामान्य ।
४) ऐ.ऐ.बस्ने बर्ष २१ को रवि प्रसाद राजपुत,अबस्था सामान्य ।
५) जि.रुपन्देही बुटवल न.पा.३ बस्ने बर्ष ५६ कि शान्ती पौडेल,टाउको,हातमा चोट मध्यम ।
६) जि.रुपन्देही लुम्बिनी संस्कृति न.पा.६ बस्ने बर्ष ३५ को सैयाद आमद अलि, मुख हातमा चोट अबस्था सामान्य।
७) देश पोल्याण्ड बस्ने बर्ष ४१ को टावेल,टाउकोमा चोट,अबस्था मध्यम ।
८) जि.काठमाण्डौ गोकर्णेश्वर न.पा.८ बस्ने बर्ष ५४ को जनक बन्जारा/ढाँड/काँधमा चोट,अबस्था मध्यम ।
९) जि.रुपन्देही मधुबनी गा.पा.१ बस्ने बर्ष २५ को महमद आशिफ,अबस्था मध्यम ।
१०)जि.काठमाण्डौ च.न.पा. १० बस्ने बर्ष ५१ को धुर्ब महर्जन,टाउको खुट्टा र ढाँडमा चोट,अबस्था सामान्य
११) जि.रुपन्देही लुम्बिनी संस्कृति न.पा.१२ बस्ने बर्ष १८ को रामनिबास लोद, टाउकोमा चोट,अबस्था सामान्य ।
१२) ऐ.ऐ बस्ने बर्ष २२ को केदार नाथ लोद,टाउकोमा चोट,अबस्था मध्यम ।
१३) ऐ.ऐ.१० बस्ने बर्ष २२ को अशोक यादब, मुखमा चोट अबस्था सामान्य ।
१४) देश भारत सिद्धार्थ नगर बस्ने बर्ष २७ को राकेश लोदी,हातखुट्टामा चोट,अबस्था मध्यम

गजुरी अस्पताल प्रालिमा उपचारार्थ घाईतेहरु:-
१) जि.रुपन्देही गैडहवा गा.पा.५ बस्ने बर्ष २८ को दिलिप कुमार चमार,बाँया हात/दाहिने खुट्टामा चोट,अबस्था सामान्य।
२) ऐ.ऐ.बस्ने बर्ष ५७ को बाबुराम हजैम,बाँया हात/दाहिने खुट्मा चोट,अबस्था सामान्य।
३) जि.काभ्रे नवाबुद्ध न.पा.८ बस्ने बर्ष २० को उत्तम तामाङ,
४) जि.रुपन्देही बस्ने बर्ष ६ को विवश राज श्रेष्ठ,टाउकोमा चोट,अबस्था मधयम।
५) ऐ.ऐ.बस्ने बिरेन्द्र राज श्रेष्ठ,टाउकोमा चोट,अबस्था मध्यम।
६)जि.स्याङजा गल्याङ न.पा.२ घर भई हाल काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्र.ज.वर्ष २६ को शिसिर न्यौपाने,अबस्था सामान्य ।
७) ऐ.ऐ.बस्ने बर्ष २८ कि कुसुम ढुङगाना,बाँया हातमा चोट अबास्था मध्यम।
८) जि.स्याङजा वालिङ न.पा.९ बस्ने बर्ष ४७ को भविश्वर गैरे ,टाउकोमा चोट अबस्था मध्यम।
९) जिल्ला प्युठान जिम्रुक गा.पा.६ बस्ने बर्ष २१को संजय भुशाल,अबस्था सामान्य।
१०) जि.सिन्धुपाल्चोक तातोपानि गा.पा.९ बस्ने बर्ष २६ को सोनाम डोल्मा शेर्पा,अबस्था सामान्य।
११) जिल्ला रुपन्देही लुम्बिनि सस्कृती न.पा.१२ बस्ने बर्ष १८ को बलिराम लोद,अबस्था सामान्य।
१२) ऐ.बस्ने बर्ष ७ को मुक्ति नारायण नाँउ,छातिमा चोट सामान्य।
१३) ऐ.बस्ने बर्ष ४० को रमेश नेपाली,सामान्य।
१४) ऐ.बस्न बर्ष ५ की काब्य नेपाली,सामान्य।
१५) जि.रुपन्देही काराहीमाई गा.पा.१ बस्ने बर्ष ३५ कि निर्मला नाँउ,अबस्था सामान्य।
१६) जि.रुपन्देही संस्कृति न.पा.४ बस्ने बर्ष ३१ को अबदुल्ला मुसलमान,अबस्था सामान्य।
१७) देश भारत उत्तर प्रदेश बगनाउ गाउ पत्थरावा बस्ने ३८ को अक्लेश कुमार बानिया,अबस्था सामान्य।
१८)जि.काभ्रे नवबुद्ध न.पा. ८ बस्ने बर्ष २९ को बिराज लामा,टाउकोमा चोट,अबस्था मध्यम।
१९)जि.सिन्धुपाल्चोक तातोपानि गा.पा. ९ बस्ने बर्ष ४७को गगन लावाङ सेन्दुक शेर्पा,टाउकोमा चोट अबस्था मध्यम।
२०)जि.रुपन्देही गैडहवा गा.पा.५ बस्ने बर्ष १८ रमेश चमार,अबस्था सामान्य ।

प्र.स्वा.के.गजुरीमा उपचारार्थ घाईतेहरु:-
१)जि.रुपन्देही लु.स.न.पा. सिमारी २ बस्ने बर्ष ४० को ओमप्रकाश यादब,टाउको/दाँत/खूट्टामा,चोट सामान्य ।
२) जि.नवलपरासी सुनवल न.पा.४ बस्ने बर्ष २३को राजु नेपाली,खुट्टा/छातिमा चोट,अबस्था सामान्य।
३) जि.रुपन्देही संस्कृति न.पा.६ बस्ने बर्ष ३० को अबिबुल्ला मुरुल,हात/खूट्टामा चोट,अबस्था सामान्य।
४) जि.बुटवल बस्ने बर्ष २३ को दया बानिया,अबस्था सामान्य ।
५) जि.पाल्पा रम्बादेबी गा.पा.१ बस्ने बर्ष १८ को नबिन अर्यालको हातमा चोट,अबस्था सामान्य।

Facebook Comments