बुधवार विहान धादिङको गजुरी गा.पा.-५ घाटबेसी स्थित त्रिशुली नदिमा भएको बस दुर्घटनामा हराईरहेका २ जनाको शव भेटिएको छ ।

एक जना महिला र पुरूषको शव फेला परेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शव सनाखतको लागि आफन्तलाई बोलाईएको प्रहरी निरिक्षक श्रेष्ठले बताउनुभयो । यो संगै बस दुर्घटनामा परि मृत्युहुनेको संख्या ९ पुगेको छ ।

Facebook Comments