नेकपा एमाले गंगाजमुना गाउँपालिकाको दोश्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले ४९ सदसिय पालिका कमिटिको सर्वसम्मत रुपमा चयन गरेको छ ।
अधिवेशनले सर्वसम्मत रुपमा गंगाजमुना गाउँपालिका कमिटि उपाध्यक्षमा प्रेमबहादुर घले, सचिवमा जित बहादुर सिंखडा, उपसचिवमा मिना श्रेष्ठ र इन्द्रबहादुर तामाङ निर्वाचित हुनुभएको छ । अधिवेशन उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले मिसन ०८४ सफल पार्नका लागि संगठन सुदृढ गर्दै एकतावद्ध र जनताको लागि काम गर्ने संगठनको रुपमा लाग्न आग्रह गर्नुभयो । विकास र समृद्धि एमालेले मात्र गर्न सक्ने भएकोले एमालेमा गोलबद्ध हुन जनसमुदायलाई आग्रह गर्दै जनताको बहुदलिय जनबादलाई मार्गदर्शनको सिद्धान्त बनाएर जनपक्षिय रुपमा काम गर्न एमाले कार्यकर्ताहरुदलाई आग्रह गर्नुभयो ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको पार्टी एमाले भएकोले एमाले विना देश विकास असम्भव भएकोले जनतालाई एमालेलाई जिताउने अभियानमा लाग्न जनताका योजना एमालेले पुरा गर्ने बताउनुभयो । नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले महिला, गरिब दलित जनजातीका लागि एमालेले गरिरहेका काम हाल रोकिएको भन्दै एमालेलेमात्र गाउँको विकास गर्न सक्ने उदाहरण २०७४को निर्वाचनपछि गाउँमा भएको विकासले देखाएको र अहिले रोकिएको अवस्थामा एमालेलेमात्र विकास गर्ने बताउनुभयो ।
सात वडा रहेको गाउँपालिकामा एमालेले अधिवेशनबाट महिला ३३ प्रतिशत, दलित, जनजाती, र युवाहरुको समेत सहभागितामा पार्टी कमिटि गठन गरेको जनाएको छ । अधिवेशन लाई नेकपा एमाले जिल्ला सदस्य बलबहादुर अधिकारी, भक्त लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।
Facebook Comments