असार १, इजरायल – नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाको १२ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ । शुक्रबार तेलअभिवमा सम्पन्न साधारण सभाबाट इजरायल शाखाको अध्यक्षमा राष्ट्रिय नेवा : खलका मनु श्रेष्ठ चयन भएको हो ।

सभाले वरिष्ठ उपाध्यक्षमा नेपाल मगर संघ इजरायलका मन मास्की राना मगर, उपाध्यक्षमा ह्योल्मो समाज इजरायलका सर्किनी ज्यावा ह्योल्मो, उपाध्यक्षमा नेपाल तामाङ घेदुङ इजरायलका रन्जना ग्याबक तामाङ, उपाध्यमा शेर्पा संघ इजरायलका ल्हक्पा लामा शेर्पा, उपाध्यक्षमा किरात याक्थुङ चुम्लुङ इजरायलका तुल्सा तुम्बाहाङफे, महासचिवमा तमू समाज इजरायलका खुशी क्ल्हे तमूस्यो, प्रथम सचिवमा राष्ट्रिय नेवा : खल इजरायलका बिमला श्रेष्ठ, सचिव ह्योल्मो समाज इजरायलका फुर्वा लामा ह्योल्मो, सचिव शेर्पा संघ इजरायलका लेमी शेर्पा, सचिव तमू समाज इजरायलका इन्द्रजंग तमू, सचिव नेपाल तामाङ घेदुङका अशोक थोकर तामाङ, कोषाध्यक्षमा किरात याक्थुङ चुम्लुङ इजरायलका आश कुमार लावती, सह कोषाध्यक्षमा नेपाल मगर संघ इजरायलका बिवश आले मगर चयन भएका छन् ।

यसै गरी वार्षिकोत्सव तथा साधारण सभाले ८ सदस्यीय सल्लाहाकार समिति पनि चयन गरेको छ । सल्लाहाकार समितिको प्रमुखमा कुमार आङ्देम्बे, सदस्यहरुमा जेसाङ शेर्पा, छत्र गोले (शंखर), डिक कुमार गुरुङ, कमला कन्दङ्वा, सुनिता श्रेष्ठ, सूर्य राना मगर र समीर स्याङ्बा ह्योल्मो रहेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाका पूर्व अध्यक्ष एवं संरक्षक परिषदका सदस्य पेम्बा डोल्मो ह्योल्मोको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव तथा साधारण सभाले आगामी एक वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको नव निर्वाचित नेफिन इजरायलका उपाध्यक्ष रन्जना ग्याबक तामाङले जानकारी दिनुभयो ।

पहिचानका लागि युवा  Youth For Identity  “विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा,भाषा, लिपी,कला,संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौं ” भन्ने मूल नारा सहित १२ औं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज लगाएतका संघ–संस्थाहरु आवद्ध रहेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखाले कार्यक्रम कार्यक्रम सफल बनाउन उपस्थिति सम्पूर्ण संघ–संस्थाहरु, धार्मिक, सामाजिक र राजनैतिक संङगठनहरुका साथै सहयोगी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा धन्यवाद ज्ञापन गरिएको छ ।

Facebook Comments