२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

व्यवसायी पूर्णमान शाक्यद्धारा चण्डेश्वरी माविका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री प्रदान

व्यवसायी पूर्णमान शाक्यद्धारा चण्डेश्वरी माविका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री प्रदान


धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ नीगालपानीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

वडा नम्बर ९ हटिया निवासी व्यवसायी एवं समाजसेवी पूर्णमान शाक्य र उहाँका भाई मानकाजी शाक्यले बुवाको १६ औं पुण्य तिथिका अवसरमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

बाबु आमा मध्ये एक अभिभावक गुमाएका जेहेन्दार विद्यार्थीहरुको लागि कपि, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको व्यवसायी एवं समाजसेवी पूर्णमान शाक्यले बताउनुभयोे ।

अभिभावक गुमाएका विद्यार्थीहरुको पढाईमा केही हदसम्म भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरिएको उहाँको भनाई छ । सहयोगीदाता शाक्य दाजुभाई सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।