२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ दुर्घटना अपडेट : उपचारको क्रममा रुविभ्यालीका एक वृद्धाको मृत्यु

धादिङ दुर्घटना अपडेट : उपचारको क्रममा रुविभ्यालीका एक वृद्धाको मृत्यु

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा घाईते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुविभ्याली गाउँपालिका वडा नम्बर १ का ७२ वर्षिय निर्माण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले धादिङ अपडेटलाई जानकारी जानकारी दिनुभयो । तामाङको विर अस्पताल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङबेंसीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी गाउँपालिका–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो । दुर्घटनामा परि अन्य ९ जना घाईते भएका थिए ।

घाईतेमध्ये निलकण्ठ नगरपालिका ३ पुछार बजार बस्ने बर्ष २६ की निन्दु शाहा र शान्तबजार बस्ने वर्ष ३१ की सुनिता घिमिरेको काठमाण्डौंमा उपचार भईरहेको छ । भने अन्य घाईतेहरु उपचार पछि घर फर्किएको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयोे ।



यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।