असोज १८, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले नापी र मालपोतकार्यालयहरुमा सबैभन्दा धेरै भ्रष्टाचार रहेको स्वीकार गर्नुभएको छ । बुधबार राज्य व्यवस्था समितिको बैठकमा घिमिरेले धादिङ जिल्लामा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्धा चलाएको जानकारी दिनुभयो । भ्रष्टाचारीहरुको थप अनुसन्धान भइरहेको र क्रमश कारबाहि गरिने पनि उहाँले बताउनुभयो । साथै घिमिरेले भ्रष्टाचारको अनुसन्धान गर्दै कारबाहि गर्ने हो भने मालपोत र नापी कार्यालयमा कर्मचारीहरु नै नहरने अवस्था आएको भन्दै उहाँले यो अख्तियार, नागरिकसमाज र सबैका लागि चुनौती भएको बताउनुभयो । काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेछन घिमिरेले भन्नुभयो, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटी निलम्बना गरौं भन्दा कर्मचारी व्यवस्थापनमा समस्या हुने पनि उहाँले बताउनुभयो । नापी र मालपोत कार्यलयका कर्मचारीले सेवाग्राहीसँग सिधै घुस नलिएर नयाँ–नयाँ उपाय अपनाएको उहाँले भन्नुभयो । साथै अख्तियार प्रमुख घिमिरेले कुनैपनि आयोजना निमार्णको जिम्मा नेपाली सेनालाई दिनु अघि ध्यान दिन पनि सरकारलाई आग्रह गर्नुभएको छ । यसका साथै घिमिरेले समयमा काम सम्मपन गर्न निर्माण कम्पनीहरुलाइ आग्रह गर्दै, अब कुनै पनि बाहानामा समयमानै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार कम्पनिलाइ कानुन अनुसार कारबाहि गरिने पनि बताउनुभयो ।

Facebook Comments