१५ भाद्र

नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलले नेपाली नारीहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम मनाएको छ । शनिबार इजरायलको आधुनिक शहर तेलअभिव स्थित सुकाकार्मेल याफो पार्कमा कार्यक्रम गरेको हो । कार्यक्रममा शुभकामना आदान प्रदान, दर खानुका साथै सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलको स्थापना १० मे २०१६ मा भएको भएको हो । यस कमिटीले स्थापना कालदेखी इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ संगठित गर्ने, प्रवासमा आईपर्ने समस्याहरुको समाधानको लागि पैरवी र पहल गर्ने, विभिन्न किसिमका सामाजिक, आर्थिक, रचनात्क तथा संङ्गठनात्मक क्रियाकलापहरु गर्दै आएको मञ्चका सचिव रमेश जोशिले जानकारी दिनुभयो । साथै कार्यक्रममा नयाँ सदस्यहरुलाइ पनि स्वागत तथा सम्मान गरिएको थियो ।

प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अन्र्तराष्ट्रिय प्रवासी नेपाली मञ्चका श्रम तथा रोजगार विभागका सदस्य एवं प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलका सल्लाहाकार परिषदका अध्यक्ष गोविन्द राजथलाको प्रमुख आतिथ्यता रहेको थियो । साथै अन्र्तराष्ट्रिय बुद्धीजिवी विभागका सदस्य अना तिमिल्सिना र गैह्र आवासीय नेपाली संघ इजरायलका पूर्व अध्यक्ष गणेश गिरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघ—संगठनका प्रमुख तथा प्रतिनीधिहरुका साथै इजरायलको विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments